कृष्णनगरमा कांग्रेसको नेतृत्व

शुक्रबार, जेठ ६, २०७९

चन्द्रौटा, ६ जेठ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार ४९४ मतान्तरले पराजित गरे  । 
विसं २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका शाह निर्वाचनको केही समयअघि कांग्रेसमा प्रवेश गरेका  थिए  ।

त्यस्तै उपप्रमुखमा पनि जनता समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार आरतीदेवी चौधरीले पाँच हजार ६९१ मतसहित जित हासिल गरेकी छन्  । कृष्णनगरका १२ वडामध्ये एमाले र कांग्रेसले तीनरतीन, माओवादी र जसपाले दुई /दुई तथा राप्रपा र बहुजन शक्ति पार्टीले एकरएक वडा जितेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार