जुम्लाका नवनिर्वाचित ८ वटै स्थानीय तहका प्रमुखले लिए शपथ 

शुक्रबार, जेठ ६, २०७९
Global Ime Bank

जुम्ला, ६ जेठ ।जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन् ।मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले शुक्रबार चन्दनाथ नगरपालिकामा  मेयर राजु सिहं कठायत, कनकासुन्दरीमा प्रमुख दामोदर आचार्य,  सिजागाउँपालिका पूर्णप्रसाद धिताल, हिमा गाउँपालिका प्रमुख लक्ष्मण शाही , तिला गाउँपालिका प्रमुख मोतिलाल रोकाया, तातोपानी गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाई,  गुठीचौरगाउँपालिका अध्यक्ष दानबहादुर बुढा र पातारासी गाउँपालिका प्रमुख पूर्णसिंह बोहराले शपथ ग्रहण गराएका हुन् । पालिकाका प्रमुखले  उपाध्यक्ष ,वडाध्यक्ष , वडा सदस्यलाई शपथ ग्रहण गराउने स‌ंवैधानिक व्यवस्था छ । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शुक्रबार, जेठ ६, २०७९