सुर्खेतको सिम्तामा कांग्रेस र माओवादी गठबन्धनलाई हराउँदै एमाले विजयी

शुक्रबार, जेठ ६, २०७९

सुर्खेत, ६ जेठ । सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका ऐनबहादुर चन्द विजययी भएका हुन् । चन्द ६ हजार १ सय ७० मतसहित विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका वीरेन्द्र रावतले ५ हजार ८ सय ५२ मत ल्याए ।
उपाध्यक्षमा गोमा रेग्मीले ६ हजार ९१ मत ल्याएर विजयी भइन् । गठबन्धनतर्फबाट माओवादी केन्द्रका चित्रबहादुर हमालले ५ हजार ३ सय ११ मत ल्याए । सिम्ता गाउँपालिकामा ९ वटा वडामध्ये १,२,३,४,५ एमाले र ६, ७, ८ र ९ गठबन्धन दलबाट नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार