माओवादीले जित्यो १११ पालिकाको प्रमुख 

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं, ६ जेठ । नेकपा (माओवादी केन्द्र)ले हालसम्म १११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।  मतगणना सम्पन्न भएका पालिकामध्ये माओवादीले तेस्रो ठूलो संख्यामा विजय प्राप्त गरेको छ ।  नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारपछि माओवादीका उम्मेदवार बढी पालिकामा विजयी बनेका छन् ।  निर्वाचन आयोगका अनुसार हाल मतगणना भइरहेका पालिकामध्ये १२ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीको उम्मेदवारले अग्रता लिइरहेका छन् ।  आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये हालसम्म ६३५ वटा पालिकामा मतगणना सम्पन्न भइसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार