भरतपुरमा रेणु ३ हजार २४४ मतान्तरले अगाडि 

शुक्रबार, जेठ ६, २०७९

चितवन, ६ जेठ । भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता बढाउदै लगेकी छन् । ५४ हजार २६४ मतगणना हुदा उनले ३ हजार २४४ मतान्तर कायम गरेकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २० हजार ४४० मत पाउँदा एमाले उम्मेदवारविजय सुवेदीले १७ हजार १९६ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७७९ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९०८ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १३ हजार ६६०
छ ।  अहिले वडा नम्बर ११ र १२ को मतगणना भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार