सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी

शुक्रबार, जेठ ६, २०७९

सप्तरी, ६ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी भएको छ ।  मेयरमा ललनप्रसाद गुप्ता र उपमेयरमा मुनाकुमारी पोखरेल विजयी भएका छन् । गुप्ता ७ हजार ८८९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका भोला कुमार पासवानले ५ हजार ७०४ मत ल्याए । उपमेयरमा पोखरेल ७ हजार ७४ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना चौधरीले ५ हजार ५४७ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार