हेटौँडामा गठबन्धनकी उम्मेदवार लामाको निरन्तर अग्रता

बिहीबार, जेठ ५, २०७९
Global Ime Bank

हेटौँडा, ५ जेठ । हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिनाकुमारी लामाले आफ्नो अग्रतालाई निरन्तर कायम गरिराखेकी छन् ।हालसम्म ५७ हजार १६९ मत गणना भइसक्दा एकीकृत समाजवादीकी उम्मेदवार मिनाकुमारी लामाले १७ हजार ८५३ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १६ हजार ६३२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १६ हजार ५१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

हेटौँडाको अहिलेसम्म १३ वटा वडाको मतगणना समपन्न भइसकेको छ भने ७ वटा वडाको मत गणना जारी रहेको छ । हेटौँडामा वडा नम्बर १, २, ३, ६, ७, १६ र १७ को वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ४, ५, १४, १५, १८ र १९ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १९:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार