तीन जना मृत अवस्थामा फेला 

बिहीबार, जेठ ५, २०७९

काठमाडौं, ५ जेठ । रामेछाप, ओखलढुंगा र कैलालीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । रामेछापको मन्थली नगरपालिका–११ गेलु धुसेनिस्थित तामाकोशी नदी किनारमा हाल पहिचान नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । ओखलढुङगाको मानेभन्ज्याङ गाउँपालिका–६ स्थित जयराम घाट दुधकोशी नदीको किनारमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ६७ वर्षीय सन्ते माझी बुधबार मृत अवस्थामा फेला परेका छन् ।  वैशाख ३१ गते माछा मार्ने गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।  कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित कर्णाली बसपार्कको कम्पाउण्डभित्र भारत पलिया घर बताउने हाल पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।  सबै घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार