जुम्लाको गुठीचौरमा कांग्रेस र समाजवादी विजयी

बिहीबार, जेठ ५, २०७९

जुम्ला, ५ जेठ । जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा नेपाली कांगेसका दानबहादुर बुढा विजयी भएका छन् । कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रत्यासी एकिकृत समाजवादीका उम्मेदवार जनक थकालीले १६०४ मत प्राप्त गरे । उपप्रमुखमा एकिकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी विजयी भएकी छन् । भण्डारीले १५०३ मत प्राप्त गरिन् । उनका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्य बुढाले १२१४ मत प्राप्त गरेकी छन् । गुठीचौरमा ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी र माओवादीकै जानदेवी ऐडी निर्वाचित भएका थिए । दोस्रो स्थानीय तहको निर्वाचनमा गुठीचौरमा ५ हजार एक सय मत खसेको निर्वाचन अधिकृत शम्भु गौतमले बताए ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार