अवैध लागूऔषध खैरो हेरोइन सहित चार जना पक्राउ  

बिहीबार, जेठ ५, २०७९

कैलाली, ५ जेठ । धनगढी र भजनीका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका–१ बस्ने २५ वर्षीय जिवन चौधरी,  गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय धर्म चन्दर तथा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र भजनी नगरपालिका–३ बस्ने २८ वर्षीय सुकमेन्द्र सिंह रहेका छन् ।  जिवनलाई धनगढी उपमहानगरपालिका–४ बाट करिब ५ ग्राम, धर्म तथा किशोरलाई सोही उमहानगरपलिका–२ ट्राफिक चोकबाट करिब २ सय ३० मिलिग्राम खैरो हेरोइन सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  सुकमेन्द्रलाई भजनी नगरपालिका–३ हुलाकी राजमार्गबाट करिब २ ग्राम ८ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार