काठमाडौंको थलीमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोरखामा स्वतन्त्र उमेद्वार
बिहीबार, जेठ ५, २०७९
मयुर प्लाई

काठमाडौं, ५ जेठ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरीयाली नगरमा आज बिहान ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भइ काठमाण्डौ थली बस्ने अन्दाजी ६० वर्षीय नर बहादुर खड्का रहेका छन् ।  ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणटार स्थित शंखरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बा ४ ख ५००५ नम्बरको पानी ट्याङकरले आज बिहान सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो । ट्याङकर सहित चालकलाई प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार