सप्तरीको बादे बर्साइनमा पुनः मतगणनाको माग गर्दै प्रदर्शन

बुधबार, जेठ ४, २०७९
Global Ime Bank

सप्तरी, ४ जेठ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले पुनः मतगणनाको माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले वडा नम्बर ३ को २ वटा मतदान केन्द्रको मतगणना पुनः गर्न माग गरेका हुन् ।

बुधबार दिउँसो माओवादी केन्द्र सप्तरीका जिल्ला अध्यक्ष उमेशकुमार यादवको नेतृत्वमा मतगणना स्थल बाहिर टायर बालेर प्रदर्शन गरेको स्थानीयले बताए। माओवादीले निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणना गर्न भन्दै निवेदन समेत दर्ता गराएका छन् ।

मंगलबार वडा नम्बर–३ को अध्यक्षमा नेपाली कांग्रेसका शिवनारायण यादव १ मतान्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले धोषणा गरेपछि निकटतम प्रतिद्वन्द्वी माओवादीका भुवनेश्वर यादवका समर्थकहरूले असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले यादव ६०० मत ल्याएर निर्वाचित भएको र उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका यादवले ५ सय ९९ मत प्राप्त गरेको जनकारी दिएका छन् ।

एक मतले पराजित भएपछि माओवादीका कार्यकर्ताले मतगणनामा धाँधली भएको आरोप लगाउँदै पुनः मतगणना गर्न माग गर्दै बुधबार प्रदर्शन गरेका हुन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार