वडा अध्यक्षका उम्मेदबार पूर्वपत्रकार उपेन्द्र केसी पराजित

बुधबार, जेठ ४, २०७९

भक्तपुर, ४ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका-९ मा नेकपा एमालेकातर्फबाट वडा अध्यक्षका उम्मेदबार पूर्वपत्रकार उपेन्द्र केसी पराजित भएका छन् ।  ल२०७४ सालको स्थानीय निकायको निर्वाचनमा सोही वडामा एमालेबाटै वडा अध्यक्षमा निर्वाचित केसी यस पटक पराजित भएका हुन् । पत्रकार केसी एमाले समर्थित छलफल साप्ताहिकका सम्पादक थिए ।  २०७४ मा वडा अध्यक्षमा विजयी भएपछि उनी पत्रकारिता छोडेर बसेका थिए । यो वडामा यो पटक नेपाली कांग्रेसकोतर्फबाट उम्मेदवरी दिएका भगवान खत्री बिजय भएका छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १९:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार