गणना ढिलो भएपछि पोखरामा थपियो गणनास्थल

बुधबार, जेठ ४, २०७९

पोखरा, ४ जेठ । पोखरा महानगरपालिकामा अहिलेसम्म ७ वडाको गणना सकिएको छ । १, २, ३, ४, १२, २३ र २६ नम्बर वडाको गणना सकियो । गणना सुरु गरेको चार दिन भइसक्दा बल्ल ३५ हजार गणना सकिएको छ । यहाँ १ लाख ४३ हजार मत खसेको छ । गणनामा ढिलासुस्ती भएपछि अहिले गणनास्थल थप गरिएको छ । सुरुमा ८ ठाउँबाट गनिएको मत १३ ठाउँबाट गन्न थालिएको हो । यहाँ अझै २८ वडाको मत गन्न बाँकी छ । अन्तिम परिणाम आउन अझै लामो समय कुर्नुपर्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक पटक गरेर ५ ठाउँमा गणना स्थल थपेको छ । कास्कीका बाँकी ४ पालिकाको नतिजा आइसकेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार