प्रतिनिधि बस्न बालेन साह पुगे ललितपुरको मतगणनास्थल

बुधबार, जेठ ४, २०७९

ललितपुर, ४ जेठ । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् । उनी त्यहाँ ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका हुन् ।  वडाअध्यक्षमा स्वन्त्र उम्मेदवारी दिएका नरसिंह व्यन्जनकारको प्रतिनिधिको रूपमा सहभागि हुन पुगेका हुन् । बालेन काठमाडौं महानगरको मेयरमा अहिलेसम्म सबैभन्दा बढी मतसहित अग्र स्थानमा छन् । 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार