ललितपुरको बालकुमारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधबार, जेठ ४, २०७९

काठमाडौं, ४ जेठ । ललितपुरको बालकुमारीमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय युवक रहेका छन् ।  मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा आज बिहान ३ बजे बिएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ०४९१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका युवकलाई गएराती सवा ९ बजे ठक्कर दिएको थियो ।  मोटरसाइकल सहित चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार