देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी 

बुधबार, जेठ ४, २०७९

काठमाडौं, ४ जेठ । स्थानीय तह निर्वाचनको मतगणना सकिएका स्थानीय तहमध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार प्रमुख तथा अध्यक्ष पदमा विजयी बनेका छन् ।  मतगणना सकिएका सबैभन्दा बढी २०१ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनिसकेका छन् । 

गत वैशाख ३० गते देशका ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो ।  हाल मतगणना भइरहेकामध्ये ७२ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।  मतगणना सकिएका स्थानीय तहमध्ये हालसम्म १२४ को उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । हाल मतगणना भइरहेकामध्ये १११ वटा स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार