धनुषामा एमालेले पनि पालिका प्रमुखमा खाता खोल्यो

मंगलबार, जेठ ३, २०७९

जनकपुरधाम, ३ जेठ । नेकपा एमालेले पनि धनुषामा पालिका प्रमुखमा खाता खोल्न सफल भएको छ । औहरी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकर साह र उपाध्यक्षका उम्मेदवार पुनम कुमारी विजयी भएका हुन् । उमाशंकर साहले तीन हजार ३२६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार ब्रह्मदेव यादवले दुई हजार ९२३ मत ल्याएका छन् ।  त्यसैगरी, कांग्रेसका उपाध्यक्ष उम्मेदवार रिंकी कुमारी मण्डलले दुई हजार ७९० मत ल्याएका हुन् भने एमालेका उपाध्यक्ष उम्मेदवार पुनम कुमारी साह दुई हजार ९४९ मत ल्याएर मण्डललाई पराजित गरेकी हुन् । नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार यादव यसअघि सो पालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । योसँगै नेकपा एमालेले पनि पालिका प्रमुख धनषामा खाता खोल्न सफल भएको छ ।  यस नेपाली कांग्रेस धनौजी र लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका छन् भने जसपाका उम्मेदवार जनकनन्दनी गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार