सिमकोटकाे अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित

मंगलबार, जेठ ३, २०७९

हुम्ला, ३ जेठ । सिमकोट गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसकाे उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारी र उपाध्यक्षमा नेपाली कांग्रेसकी माहासमिति सदस्या सुशिला रोकाया निर्वाचित भएको मुख्य निर्वाचिन अधिकृत जगतबहादुुर पौडेलले बताए । भण्डारीले दुई जहार आठ सय ८२ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी एमालेका महेन्द्रबहादुर शाही ले एक हजार नाै सय ६९ मत ल्याएका छन् । भण्डारीले नौ सय १३ मतान्तरालले शाहीमाथि विजय हासिल गरेका हुन् ।  यस्तै, पालिका उपाध्यक्षमा कांग्रेसका सुशिला रोकायाले २४ सय ७४ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिद्धन्द्धी प्रतिमा लामाले १४ सय ५७ मत ल्याएकी छिन्र । 

 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार