धनुषाको दुई गाउँपालिकामा कांग्रेस विजयी  

मंगलबार, जेठ ३, २०७९

जनकपुरधाम, ३ जेठ । धनुषाको दुई गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । जिल्लाको धनौजी गाउँपालिका कांग्रेसको तर्फबाट कांग्रेसका उम्मेदवार राजकुमार साह र लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्षमा कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र विजयी भएका हुन् ।  धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका राजकुमार साहले ९९ मत अन्तरले विजयी भएका हुन् । साहले दुई हजार २६२ मत ल्याएरका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएका छन् । त्यसैगरी, उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल दुई हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन् । लोसपाका उपाध्यक्षका उम्मेदवार रन्जिता देवी मण्डलले एक हजार ९०१ मत ल्याएकी हुन् । सोमवार दिनभिर उक्त पालिकामा मतपत्र लिएर दलहरु बीच विवाद भएको थियो । तर सोमवार साँझ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पोडेलले पहल गरेपछि दलहरु मतपगणना गर्न तयार भएका थिए । यसअघि पनि कांग्रेसकै बद्री सिंह सो गाउँपालिकामा अध्यक्ष रहेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार