कार्य व्यवस्था परामर्श समितिको बैठक जारी 

मंगलबार, जेठ ३, २०७९

काठमाडौं, ३ जेठ । संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको छ । मंगलबार अपरान्ह ४ बजेबाट सुरु हुने संघीय संसदको ११औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बैठक बसिरहेको हो ।  उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित रहेको छ । संसदको नवौं र दशौं अधिवेशनका सबै बैठकमा नाराबाजी गर्दै रोष्ट्रम गरेको एमालेले मंगलबारबाट सुरु हुने प्रतिनिधिसभा बैठकमा पनि अवरोध गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार