मुगुको छायाँनाथ रारा नगरपालिकाको मेयर उपमेयरमा कांग्रेस

मंगलबार, जेठ ३, २०७९

मुगु ३ जेठ ।  मुगुको छायाँनाथ रारा नगरपालिकामा  मेयर र उपमेयर  दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका वडा नं ४ का निवर्तमान वडाध्यक्ष बिष्णु कुमार भाम र उपमेयरमा ऐश्वर्य मल्ल विजयी भएका हुन् ।  मेयरमा विजयी भामले ४ हजार ५ सय ९९ मत ल्याएएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बर बहादुर रावलले ३ हजार ८ सय ६० मत ल्याएका छन् । विजयी भामले एमालेका रावललाई ७ सय ३९ मतान्तरले फरक पारेका  छन् ।  उपमेयर  ऐश्वर्य मल्लले  ४ हजार ३ सय २५ मत ल्याएकी छिन् । उनकी प्रतिद्वन्द्वी एमालेकी टोमा लामाले  ३ हजार ७ सय १७ मत प्राप्त गरेकी छिन् । 
 

 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार