काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

मंगलबार, जेठ ३, २०७९

काठमाडौं, ३ जेठ । ३० वैशाखमा रोकिएको काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ को मतदान कडा सुरक्षाबीच आज मतदान भइरहेको छ। पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हो । गत शुक्रबार विवाद भएपछि रोकिएको निर्वाचन आज बिहान ७ बजेबाट सुरु भएको थियो । स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । यसअघि ३० वैशाखमा मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन ३ जेठमा गर्ने गरी निर्णय भएको थियो । दुईवटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म रहने निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार