खाँडाचक्र मेयरमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही विजयी

सोमबार, जेठ २, २०७९

सुर्खेत, २ जेठ । कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी भएका हुन् । शाही २७९७ मत ल्याएका थिए ।
  शाहीका प्रतिस्पर्धी पूर्व नगर प्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरेका हुन् । पाण्डेले २३६६ मत ल्याएका थिए । उपाध्यक्षमा माओवादी केन्द्रका गणेशबहादुर शाही विजयी भएका छन् ।  एकीकृत समाजवादीबाट शाहीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार