रसुवाकाे २४ वडाको मतगणना सकियाे, १२ एमाले, ११ वडामा कांग्रेस विजयी 

सोमबार, जेठ २, २०७९

रसुवा, २ जेठ । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसै क्रममा रसुवाका पाँच पालिकाकाका २४ वडाकाे मत परिणाम सार्वजनिक भएकाे छ । जसमा एमालेले १२, कांग्रेसले ११ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ ।  सोमबार दिउँसो २ बजेसम्मको नतिजाअनुसार नेकपा एमालेले उत्तरगयाको १, २ र ३, गोसाइँकुण्डको १, ३, ५ र ६, आमाछोदिङ्मोको १, ३ र ४ र नौकुण्डको २ र ३ नम्बर वडा जितेको छ । यस्तै, नेपाली कांग्रेसले कालिकाको २, ३ र ४, नौकुण्डको १, ४ र ५, गोसाइँकुण्डको २ र ४, आमाछोदिङ्मोको २ र ५ तथा उत्तरगयाको ४ नम्बर वडामा विजयी भएको छ ।  नेकपा माओवादी केन्द्रले हालसम्म कालिका–१ मा मात्रै जित हासिल गरेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार