मत गणनास्थलमा समाचार संकलन गर्न समस्या भएकाे गुनासाे

सोमबार, जेठ २, २०७९
Global Ime Bank

सप्तरी, २ जेठ । राजविराज नगरपालिकासहित जिल्लाका सबै स्थानीय तहको मत गणना भइरहेकाे स्थानमा सूचना संकलन गर्न कठिन भएकाे पत्रकारहरूकाे गुनासाे छ । जसका कारण मत परिणाम जान्न उत्सुक मतदाताले सहज रूपमा सत्यतथ्य सूचना पाउन सकिरहेका छैनन् । मत गणना स्थलबाट ४-४ घण्टामा माइकिङ गरेर भए पनि मत परिणामको जानकारी गराउनुपर्ने प्रावधान रहे पनि त्यस्तो नगरेर सूचनाबाट बन्चित गरेको स्थानीय रामकिसुन यादवले बताए।

नेपाल पत्रकार महांसघ सप्तरीले निर्वाचनअघि प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीसँग सहज रूपमा एकद्वार प्रणालीमा सूचना दिन आग्रह गरेका थिए।उनीहरूले कर्मचारीको अभावमा त्यसो गर्न नसक्ने,  ४-४ घण्टामा निर्वाचन परिणाम दिने प्रतिबद्धता गरे पनि अहिले त्यस्तो नगरेको संघका सचिव रामनारायण विश्वासले बताए ।

मिडियाका साथीहरूले पनि मत गणनामा रहेका उम्मेदवारका प्रतिनिधिहरूसँग जानकारी लिएर सूचना प्रवाह गरिरहेको सचिव विश्वासको भनाइ रहेको छ। सूचनाका लागि सम्बन्धित व्यक्तिलाई फोन गर्दा पनि नउठाउने, उठाए पनि समस्या देखाउँदै २-४ घण्टापछि दिने आश्वासन दिने तर त्यो समयमा नदिने गरेपछि पत्रकारहरूलाई सूचना प्रवाह गर्न कठिनाई भइरहेको छ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार