गोसाईंकुण्ड गाउँपालिका ५ मा एमाले प्यानल नै विजयी

आइतबार, जेठ १, २०७९

रसुवा, १ जेठ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । नेपाली एमालेका दावा मिङमार तामाङले ७ सय ७८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ङवाङदोर्जे तामाङले ७ सय २५ मत ल्याए ।  रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ को वडा सदस्यमा कामी छिरिङ तामाङ, महिला सदस्यमा विविरानी तामाङ, डोल्मा याङजेन तामाङ र दलित महिला सदस्यमा कान्छी लाटी कामिनी विजयी भएका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार