बर्दिबासमा माओवादीले खाता खोल्यो, वडा नम्बर ८ बाट शम्शेर लामा विजयी

शनिबार, वैशाख ३१, २०७९
Global Ime Bank

महोत्तरी, ३१ वैशाख   । महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । नगरपालिकाको वडा नम्बर ८ को मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शम्शेर लामा विजयी भएका हुन् ।

नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङलाई  नाै मतले पछि पार्दै विजयी भएको निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ ।वडा नम्बर ८ मा खसेको कुल दुई हजार पाँच सय ६२ मत मध्ये वडा अध्यक्षमा विजयी लामाले सात सय ५३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी रुद्र किङरिङले सात सय ४४ मत ल्याएको कार्यालयले घोषणा गरेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शनिबार, वैशाख ३१, २०७९