मनाङमा एमाले-काँग्रेसले गरे विजयी सुरुवात

चामेबाट एमाले, नार्पाभूमिमा काँग्रेसका उम्मेदवार अध्यक्षमा विजयी
शनिबार, वैशाख ३१, २०७९

मनाङ, ३१ वैशाख । हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउन थालेको छ । हिजो राति देखि मत गणना सुरु भएको मनाङको नतिजा अहिले बिहान सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजा अनुसार  मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेका लोकेन्द्रबहादुर घलेले गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । यसैगरी गरी कांग्रेसले नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा बाजी मारेको छ । नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनी १५८ मत ल्याएर लामा विजयी भएका हुन् । सार्वजनिक भएको मतपरिणाम अनुसार लामाका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत ल्याए । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार