मौन अवधिमा रामचन्द्र पौडेलको अपिल– सुरक्षित भविष्यको निम्ति मतको सदुपयोग गरौं

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसका नेताले सुरक्षित र राम्रो भविष्यका लागि आफ्नो मतको सदुपयोग गर्न अपिल गरेका छन् ।  शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधि कायम रहेका बेला बिहीबार दिउँसो १२ बजेर ४१ मिनेटमा आफ्नो आधिकारिक पेसबुक पेजमार्फत नेता पौडेलले मतको सदुपयोग गर्न अपिल गरेका हुन् ।  ‘निर्वाचन लोकतन्त्रको सुनौलो अवसर पनि हो । राम्रो र सुरक्षित भविष्यको निम्ति आफ्नो मतको सदुपयोग गरौं,’ उनले अपिलमा भनेका छन् ।  स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ जेसम्म मतदानको समय तोकिएको छ । मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार