प्रधानमन्त्री देउवा रुवाखाेला मतदान केन्द्रमा मतदान गर्ने

बिहीबार, वैशाख २९, २०७९

डडेल्धुरा, २९ वैशाख । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् । सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाकाे मतदाता नामावली रुवाखोलामा छ । देउवा गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदानपछि मात्र काठमाडाैं फर्कँदैछन् ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार