Tihar Banner
Tihar Banner

देश डुवाउने र जलाउने दुवै जनताका सत्रु हुन् : प्रेम सुवाल

सोमबार, कात्तिक २३, २०८३

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुवाउने र आन्दोलनको नाममा देश जलाउने दुवै नेपाली जनताका सत्रु भएको बताएका छन् । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज भक्तपुरमा भएको सांस्कृतिक भिन्तुना र्‍यालीपछि उनले कांग्रेस, एमाले, माओवादीलगायतका पुराना पार्टीहरूले भ्रष्टाचार गरी देश डुवाएको र नयाँं भनेको अहिलेको पार्टीले भदौ २३ र २४ गते देश जलाएको आरोप लगाए । उनंले यी दुवै पक्षबाट देश नबन्ने ठोकुवा गरे । देशमा भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो उनले औल्याए । 
प्रधानमन्त्रीले भ्रष्टाचार गर्नुभएन भने मन्त्रीहरुले गर्न सक्दैनन्, मन्त्रीहरूले गर्न नसकेपछि हाकिमहरूले गर्न सक्दैनन्, उनको भनाई थियो । उनले १७ वर्ष अगाडि भक्तपुर मालपोतमा सरारकोवाला मन्त्री निरीक्षणमा आउँंदा तत्कालिन मालपोत हाकिमले आफूहरूले खाएको घुस प्रधानमन्त्रीकोसम्म पुग्ने बताएको स्मरण गरेका छन् । मालपोत हाकिमसावले हामी प्रधानमन्त्रीसम्म पुरयाउँंछौ, राष्टपतिसम्म पुग्छ कि पुग्दैन त्यो चाँहि थाहा भएन भन्दा मन्त्रीज्यूले केही भन्न सक्नुभएन, उनले सम्झिए । 
फरक प्रसंगमा उनले नेपाल मजदुर किसान पार्टी चुनावमा हार्नु भनेको नेपाली जनता हार्नु भएको दावी गरे । भारतले सिमा अतिक्रमण गर्दा होस् वा भ्रष्टाचार गर्दा अरु दल र दलका नेताहरु कोही पनि नबोल्ने बरु सवै मिलिजुली खाने गरेको आरोप उनको थियो ।
उनले संस्कृतिको संरक्षण गर्नु सवैको कर्तव्य भएको पनि बताएका छन् । नेपाल संवत् नयाँ वर्षलाई केवल पात्रो परिवर्तनका रूपमा नभई भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोडेर मनाउनुपर्नेमा उनले जोड दिए ।
सभामा नेपाल भाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्चार, ४६ औ नेपाल भाषा साहित्य सम्मेलनका आयोजक समिति गोल्मढी भक्तपुरका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांलगायतले बोलेका थिए । 
नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना र्‍याली आयोजक समितिको आयोजनामा भिन्तुना र्‍याली भएको थियो । र्‍यालीमा सयौँ बाजागाजा समूहसहित हजारौँ मानिस सहभागी भएका थिए ।
र्‍याली भक्तपुरको सूर्यमढी र टौमढी गरी दुई स्थानबाट सुरु गरेका थिए । दुवै स्थानबाट सुरु भएको र्‍याली भक्तपुर नगरका छुटाछुटै विभिन्न टोल तथा बजार परिक्रमा गर्दै भक्तपुर दरबार क्षेत्रमा खौमामा पुगेका थिए । त्यहाँस्थित स्थापित नेपालभाषाका सेवी, समाज सुधारक तथा मास्टर जगतसुन्दर मल्लको सालिकमा फूलमाला तथा फूलका गुच्छाले माल्यार्पण गरेका थिए । माल्यार्पणपछि गीत संगीत नृत्य तथा सांस्कृतिक प्रस्तुतिका साथ सभा गरेको थियो । सांस्कृति कार्यक्रममा पनि सयौं कलाकारहरु सहभागी रहेका थिए ।
र्‍यालीमा परम्परागत बाजागाजा, सांस्कृतिक समूह तथा विभिन्न जातजातिका मानिसहरूको उत्साहजनक सहभागिता रहेको थियो । नेपाल भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित र्‍यालीले भक्तपुरको सांस्कृतिक वैभवलाई प्रदर्शन गरेको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  २१:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार