गाेरखामा माओवादी कार्यकर्ता कुटिए

बिहीबार, वैशाख २९, २०७९

गाेरखा, २९ वैशाख । स्थानीय तहकाे निर्वाचनकाे माैन अवधिका बेला गाेरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएकाे छ । अजिरकोट गाउँपालिका-१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएकाे हाे । उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

कांग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टोलीले उनीहरुमाथि आक्रमण गरेकाे दाबी माओवादीले गरेकाे छ । माओवादी वडाध्यक्ष मनोज गुरुङका अनुसार बुधबार साँझ खाना खाने तयारी भइरहेका बेला एक्कासी ढुंगा, चिरपट लगायत प्रयोग गरेर आक्रमण भएको हो । 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार