नेपाली टेबल टेनिस टिम फाइनलमा

मंगलबार, वैशाख २७, २०७९
Global Ime Bank

काठमाडौं, २७ वैशाख  ।  माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ । नेपाली क्याडेट महिला  टिमले श्रीलङ्कन क्याडेट टिमलाई सेमिफाइनलमा ३-१ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् । नेपाली टोलीले उपाधिका लागि फाइनलमा भारतको सामना गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार