Tihar Banner
Tihar Banner

बैकिङ कसूरमा फरार महिला पक्राउ, कैद भुक्तान गर्न जेल चलान

मंगलबार, वैशाख २७, २०७९

लमजुङ २७ बैशाख  ।बैकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी ३० वर्षीया हस्तीमाया गुरुङलाई लुकीछिपी बसेको सूचनाको आधारमा २४ वैशाखमा काठमाडाैं बालाजुबाट पक्राउ गरेको हो । 
पक्राउ परेकी गुरुङलाई उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा तीन दिन कैद र तीन लाख ९४ हजार जरिवाना तोकेको थियो ।

तर, गुरुङले जरिवाना बापतको रकम दाखिला गर्न नसकेको हुँदा जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी सम्मानित अदालतको आदेशले निजलाई तीन वर्ष ६ महिना २१ दिन कैदमा राख्ने गरी मंगलबार लमजुङ जिल्ला अदालतबाट कैद भुक्तान गर्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उच्च अदालत पाटनले ८ वैशाख ०७८ र २३ फागुन ०७८ मा फैसला गरेदेखि गुरुङ फरार थिइन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार