धादिङमा २० केजी अफिमसहित दुई जना पक्राउ 

मंगलबार, वैशाख २७, २०७९

धादिङ, २७ वैशाख ।  धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङ रहेका छन् । 

किरानचोकबाट आदमघाटतर्फ आँउदै गरेको बा.८५ प ३७७० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार