रसुवामा निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए

मंगलबार, वैशाख २७, २०७९

रसुवा, २७ वैशाख  ।  आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनकाे लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी आठ सय एक जना सुरक्षाकर्मी खटिएका हुन् ।  प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार निर्वाचनका लागि जिल्लामा दुई सय ९४ जना नेपाल प्रहरी, दुई सय ८८ जना म्यादी प्रहरी र दुई सय १९ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

शुक्रबार हुने निर्वाचनका लागि जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्ने प्रमुख जिल्ला अधिकारी जैसीले बताए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार