मुगुमा मादक पदार्थ बिक्री वितरणमा रोक

सोमबार, वैशाख २६, २०७९

मुगु , २६ वैशाख  ।   जिल्ला प्रशासन कार्यालय मुगुले मादक पदार्थ बिक्री वितरण गर्न निषेध गरेको छ । जिल्ला निर्वाचन सुरक्षा समिति, मुगुको बैठकले मंगलबार राति १२ बजेदेखि निर्वाचनको परिणाम घोषण नभएसम्मको लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रोम बहाददुर महतले जानकारी दिए ।  

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउनका लागि मादक पदार्थ बिक्री वितरण तथा उपभोग जन्य कार्यलाई पूर्णरूपमा निषेध गरेको जनाएको छ ।  यो निर्णयलाई अटेरी गरेको पाईएमा कडा भन्दा कडा कारबाही गरिने प्रशासनद्वारा जारी सूचनामा भनिएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार