सिटीलाई तीन अंकको अग्रता, आर्सनलको लय कायमै

सोमबार, वैशाख २६, २०७९
Global Ime Bank

काठमाडौं, २६ वैशाख ।  न्युकासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेसँगै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले तीन अंकको  अग्रता बनाएको छ ।आइतबार राति घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई तथा एम्रीक लापोर्ट, रोड्री र फिल फोडेनले  एक-एक गोल गरे ।

अघिल्लो रात दोस्रो स्थानको लिभरपुल टोटनहमसँग बराबरीमा रोकिएपछि सिटीलाई अग्रता लिने अवसर थियो । जहाँ सिटी सफल समेत रह्यो ।जितसँगै सिटीले ३५ खेलबाट ८६ अंक जोडेको छ र शीर्ष स्थानमा छ । न्युकासल ४३ अंक जोडेर १३ औं स्थानमा छ । दोस्रो स्थानको लिभरपुलको ८३ अंक छ ।आइतबार नै भएको अर्को खेलमा आर्सनलले लिड्स युनाईटेडलाई २-१ गोल अन्तरले हराउदै यूइएफए च्याम्पियन्स लिग नजिक रहेको छ ।

आर्सनलको जितमा एडी एनकेटियाले दुई गोल गरे । लिड्सका डिएगो लोरेन्टले सान्त्वना गो गरे ।जितसँगै आर्सनल शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको हो । आर्सनल ३५ खेलबाट ६६ अंक जोडेर चौंथो स्थानमा छ । पराजित  लिड्स ३४ अंक साथ रेलिगेशन क्षेत्रमा झरेको छ ।अन्य खेलमा  एभर्टनले लेस्टर सिटीलाई २-१ अन्तरले हराउदै रेलिगेशन क्षेत्र बाहिर निस्किएको छ । यस्तै वेस्ट ह्यामले नर्विच सिटीलाई ४-० अन्तरले हरायो ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार