सोसल मिडिया
Contact Us
युनिकोड
कानो (नाइजेरिया), २६ वैशाख । नाइजेरियाको उत्तर पश्चिमी जाम्फारा राज्यका तीन गाउँमा भएको आक्रमणमा बन्दुकधारीहरूले कम्तीमा ४८ जनाको हत्या गरेको स्थानीय अधिकारी र बासिन्दाले बताएका छन् । बकुरा गाविसका प्रशासकीय प्रमुख अमिनु सुलेमानले एक जना बासिन्दाले उपलब्ध गराएको मृतक सङ्ख्यालाई पुष्टि गर्दै भने, “तीन गाउँ दम्री, सबोन गारिन र कालाहमा डाँकाहरूले गरेको नृशंस आक्रमणमा ४८ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।” आक्रमणस्थल सहरबाट धेरै टाढा जङ्गली क्षेत्रमा रहेकाले घटनाबारे थप विस्तृत विवरणहरू आउन अझै केही समय लाग्ने बताइएको छ । अफ्रिकी मुलुक नाइजेरियामा गाउँहरूमा सरकारी सुरक्षा संयन्त्र नपुग्दा वर्षेनी डाकाहरूको आक्रमणबाट सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।– रासस/एएफपी