सोसल मिडिया
Contact Us
युनिकोड
कीभ (युक्रेन), २६ वैशाख । रूस नियन्त्रित सहर मारियुपोलमा रहेको अजोभस्टल स्टील कारखानामा युक्रेनी सैनिकहरू लुकेर बसेको बताइएको छ । रूसी सेनाका गतिविधि नियालीरहेको युक्रेनी सैनिकले रुसी सेनाबाट प्रतिशोधको डरले आत्मसमर्पण गर्न नसकेको बताएका छन् । “हामी, मारियुपोलको वरपर रहेका सबै सैनिक कर्मचारीहरू, रूसी सेनाले गरेका युद्ध अपराधहरूलाई प्रत्यक्ष देखेका छौँ । हामी साक्षी छौँ । आत्मसमर्पण एउटा विकल्प होइन किनभने रूसले हाम्रो जीवनको कुनै प्रवाह गर्दैन,” अजोभ रेजिमेन्ट गुप्तचर अधिकारी इया सामोलेन्कोले भने । “हाम्रा सबै सरसामानहरू सीमित छन् । हामीसित अझै साहस छ । प्रशस्त खाने खाद्यान्न नभए पनि हामीसँग अझै स्वाभिमान छ र यसले हामीलाई ऊर्जा दिएको छ । हाम्रा पाखुराहरू थाकेका छैनन् । हामीसँग सीमित भए पनि व्यक्तिगत हतियारहरू छन् । स्थितिको सर्वोत्तम समाधान नभएसम्म हामी लड्नेछौँ,” सामोलेन्कोले भने । युक्रेनले संयुक्त राष्ट्रसङ्घ र रेडक्रसको समन्वयमा भएको मानवीय मिसनका क्रममा सबै महिला, बालबालिका र वृद्ध नागरिकलाई अजोभस्टलबाट भाग्न दिइएको छ ।– रासस/एएफपी