अमेरिकी प्रथम महिला जिल बाइडेन किभमा

सोमबार, वैशाख २६, २०७९
Global Ime Bank

किभ, २५ वैशाख । अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन् । वासिंगटनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले जेलेन्स्कासँग भेट गरेकी हुन् ।

दुई पहिलो महिलाको भेट सीमावर्ती सहर उज्होरोडको एक विद्यालयमा भएको थियो । २४ फेब्रुवरीमा  युक्रेनमा रुसी आक्रमण सुरु भएपछि  जेलेन्स्का पहिलो पटक  सार्वजनिक कार्यक्रममा देखा परेकी हुन् ।

रुसी हमलाको विरोधमा अमेरिकाले २६ सय रुसी र बेलारुसका नागरिकहरुमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।

तीन रूसी टिभि स्टेसनहरू र गाजप्रोमबैंकका अधिकारीहरूमाथि पनि वासिंगटनले प्रतिबन्ध लगाएको छ । यसैबीच जी ७ नेताहरूले रुसी तेललाई प्रतिबन्ध लगाउन प्रतिबद्धता जनाएका छन् ।-एजेन्सी

 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ०६:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार