ग्रीसको तटरक्षकद्वारा समुद्रमा रहेका १०० भन्दा बढी आप्रवासीको उद्धार 

आइतबार, वैशाख २५, २०७९
Global Ime Bank

एथेन्स, २५ वैशाख । ग्रीसको तटरक्षकले आइतबार एजियन सागरमा आधा डुबेको डुङ्गाबाट थुप्रै बालबालिकासहित १०६ आप्रवासीलाई उद्धार गरेको आइतबार बताएको छ ।
कोस्टगार्डको विज्ञप्तिमा आप्रवासी टर्कीको तटबाट अलि टाढा दक्षिणपूर्वी टापु कोस नजिकै शनिबार अबेर फेला परेको जनाइएको छ । खुलासा नगरिएका विभिन्न राष्ट्रियताका समूहमा १४ महिला र २० बालबालिका थिए ।

दुई प्यालेस्टाइनी पक्राउ
इलाडको मध्यशहरमा तीन इजरायलीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आशङ्कामा दुई प्यालेस्टाइनीलाई आइतवार पक्राउ गरिएको छ ।
“इलाड शहरमा भएको घातक हमलामा तीन इजरायली नागरिकको हत्या गर्ने दुई आतङ्ककारी पक्राउ परेका छन्,” प्रहरी, सेना र घरेलु सुरक्षा एजेन्सीले बिहीबारको आक्रमणपछि शुरु गरिएको व्यापक खोज अभियानपछि संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन् ।–रासस/एएफपी

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार