स्वीडेन र फिनल्याण्डलाई नाटोमा सामेल हुन उपयुक्त समय : पूर्वमहासचिव

आइतबार, वैशाख २५, २०७९
Global Ime Bank

रूस (मस्को), २५ वैशाख । नाटोका पूर्वमहासचिव एन्डर्स फोग रासमुसेनले स्वीडेन र फिनल्याण्डलाई नाटोको सैन्य गठबन्धनमा सामेल हुने समय आएको बताएका छन् । उनले भने, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन आक्रमणमा “व्यस्त” छन् ।
जहाँसम्म फिनल्याण्ड र स्वीडेनको सवाल छ, मलाई लाग्छ  यी दुई देश गठबन्धनमा सामेल हुने यो उपयुक्त अवसर हो ।
रासमुसेनले शनिबार सीएनबीसीलाई सो कुरा बताएका हुन् । उनले चेताउनी दिँदै भने– सम्मिलन प्रक्रिया पूरा हुन “महिनौ” लाग्न सक्छ किनकि नाटोका ३० सदस्य–राष्ट्रको संसद्ले सबैले सम्मिलन प्रोटोकललाई अनुमोदन गर्न आवश्यक हुन्छ ।
“यसका लागि केही महिना लाग्छ र त्यो अवधिमा फिनल्याण्ड र स्वीडेन दुवैलाई सम्भावितरूपमा रूसी धम्की आउन सक्छ । तर हामीले भने उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ,” रासमुसेनले भने, “मानौं तिनी पहिले नै नाटोका सदस्य थिए ।”

फिनल्याण्ड र स्वीडेनले युक्रेनमा रुसी सैन्य अपरेशनको बीचमा दीर्घकालीन तटस्थता त्याग्न र नाटोमा सामेल हुने सम्भावनाबारे छलफल गर्न थालेका छन् । गठबन्धनका प्रमुख जेन्स स्टोल्टनबर्गले मार्चमा भने अनुसार नाटोले फिनल्याण्ड र स्वीडेनलाई खुशीसाथ स्वागत गर्नेछ र यदि उनीहरूले सामेल हुने निर्णय गरेमा उनीहरूको सदस्यता आवेदन द्रुतरूपमा अगाडि बढाउन सक्नेछन् ।

अमेरिकाले स्वीडेनले जुनको अन्त्यसम्ममा नाटोको पूर्णसदस्य बन्नको लागि औपचारिक आवेदन पेश गर्ने अपेक्षा गरेको छ जबकि फिनल्यान्डले यसअघि नै प्रवेश गर्ने निर्णय गर्न सक्नेछ ।
–एएनआई/स्पुतनिक
 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार