होटल विस्फोट स्थलमा उद्धारकार्य जारी, मृत्यु हुनेको संख्या २७ पुग्यो

आइतबार, वैशाख २५, २०७९
Global Ime Bank

हवाना, २५ वैशाख । हवाना होटल विस्फोटको भग्नावशेषमा उद्धारकर्ताले आफ्नु कार्य जारी राखेका छन् । हवाना होटलमा गत शनिबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको अधिकारीले बताएका छन् ।  हवानाप्रतिष्ठित साराटोगा होटलको माथिल्लो तल्लामा कोही पनि जीवित नभेटिका जनाइएको छ । उद्धारकर्ताले भने कि भग्नावशेषमा आफ्नो प्रयास केन्द्रित गरेका जनाइएको छ ।
शनिबार अधिकारीले यस विस्फोटमा परी घाइते भएका ३७ लाई अस्पतालमा भर्ना गरिएको जनाइएको थियो भने यसअघि ४६ जनालाई अस्पताल भर्ना गरिएको समाचार दिइएको थियो । 
रेडक्रसका एक अधिकारीले यस विस्फोटमा ३२ को मृत्यु भएको जानकारी दिएपछि अन्योल भएको थियो । यस विस्फोटबाट ज्यान गुमाउनेको यो संख्यालाई पछि ‘त्रुटि’ भनिएको थियो ।
“क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले साराटोगा होटल दुर्घटनाको सामनामा देखाइएको ऐक्यवद्धताका लागि मित्र राष्ट्रलाई धन्यवाद दिएका छन् ।– रासस/एएफपी
 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार