नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

आइतबार, वैशाख २५, २०७९

वीरगञ्ज, २५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतकर्ता अनपाएको छ । निर्वाचनका बेला सीमा क्षेत्रमा हुनसक्ने  आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार  मातहातका सबै  सुरक्षा शाखालाई परिचालन गरी सीमा क्षेत्रमा  निगरानी गर्दै आएको गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद  पोखरेलले जानकारी दिए। यता बारा जिल्लामा पनि सशस्त्र प्रहरीले चुनावका बेलामा सीमा क्षेत्रमा निगरानी थालेको छ । सीमा क्षेत्रमा हुनसक्ने सबै प्रकारका आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले उच्च सुरक्षा सतकर्ता अपनाइएको जिल्लास्थित सशस्त्र प्रहरी बल  १२ नं गणका प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिए । पर्सा तथा बारास्थित जिल्ला सशस्त्र प्रहरी  गण मातहात  सुरक्षा बेस,  सीमा सुरक्षा पोष्ट (बिओपी) र  सीमा निगरानी पोष्ट (एफओवी)  निर्वाचनका बेलामा शान्ति सुरक्षामा क्रियाशिल रहेका छन्   । 

सुरक्षाकर्मीद्वारा प्रचारसामाग्री हटाइँदै

पर्सा जिल्लाका विभिन्न स्थानमा स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारको प्रचारप्रसारका लागि सार्वजनिकस्थलमा टाँगिएका पोष्टर पम्प्लेट, ब्यानर तथा पार्टीका झण्डा हटाउन थालिएको छ । बिजुलीको पोल, विद्यालय, चोक चौराहालगायत सार्वजनिकस्थलमा निर्वाचन आचारसंहिता विपरीत राखिएका निर्वाचन सामग्री सुरक्षा निकायको टोलीले  हटाउन थालेको हो  । 

जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा उम्मेदवारले पनि पार्टी कार्यालयबाहेक सार्वजनिकस्थलमा राखिएको निर्वाचन प्रचारसामग्री हटाउने प्रतिबद्धता व्यक्त गरेपनि ती सामग्री उम्मेदवार र दल स्वयंले नहटाएका कारण सुरक्षाकर्मीले हटाउन सुरू गरेका हुन् ।क्रियाशील प्रमुख राजनीतिक दलका उम्मेदवारले सार्वजनिकस्थलमा राखेका पार्टीको झण्डा, ब्यानर, तुललगायतका प्रचार सामग्री हटाउने  यस अगाबै प्रतिबद्धता जनाइसकेका थिए ।  तीन लाख ३९ हजार ८३६ मतदातामध्ये  पुरुष एक लाख ९१ हजार ५३७  र  महिला एक लाख ४८ हजार २८३ र अन्य १६ मतदाता रहेका छन् ।     पर्सा जिल्लामा १६७  वटा मतदानस्थल र ४०४  वटा मतदान केन्द्र निर्धारण गरिएको छ  । 

सीमा नाका तीन दिन बन्द

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुनेभएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाट नाका सोमबारदेखि बन्द हुने भएको हो । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते रात्रि १२ बजेदेखि वैशाख ३० गते रात्रि १२ बजेसम्म सीमा बन्द हुनेभएको हो । 
सो अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने उहाँले बताउनुभयो । भारतीय अधिकारीहरूसँग समन्वय गरेर नाका बन्द गर्न लागिएको हो । कुनै देशमा चुनाव हुँदा अन्तरराष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ । यसैबीच निर्वाचनलाई नै मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ ।
बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख, १० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३३६ वडा सदस्य गरी कूल ४४० पदका लागि निर्वाचन हुँदैछ ।–रासस

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार