चीनको कोष उद्योगलाई अवसर सदुपयोग गर्न आग्रह

शनिबार, वैशाख २४, २०७९
Global Ime Bank

बेइजिङ, २४ वैशाख । चीनको धितोपत्र पर्यवेक्षकका उपप्रमुखले अर्थतन्त्रले सामना गरेको चुनौतीका बाबजुद पनि देशको पूँजी बजार र कोष उद्योग रणनीतिक अवसरको महत्त्वपूर्ण अवधिमा रहेको बताएका छन् । चाइना धितोपत्र नियामक आयोगका उपाध्यक्ष फाङ सिङ्हाइले चीनको सम्पत्ति व्यवस्थापन संघको बैठकमा उक्त कुरा बताएका हुन् । कोष उद्योगले अवसर सदुपयोग गर्नुपर्छ, उच्च गुणस्तरको विकासमा ध्यान केन्द्रित गर्नुपर्छ र वास्तविक अर्थतन्त्रलाई अझ राम्रो सेवा दिनुपर्दछ, उनले भने ।
गत महिना चीनले प्रमुख बैठकमा पुँजीको भूमिकालाई जोड दिएको थियो । पूँजीको स्वस्थ विकासलाई कानून बमोजिम नियमन, मार्गदर्शन गर्ने प्रयास गरिनेछ र महत्त्वपूर्ण उत्पादन कारकको रूपमा पुजीको सकारात्मक भूमिका खेल्ने छ, उनले भने ।–रासस/सिन्ह्वा

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  २२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार