सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामावाद (पाकिस्तान), २४ वैशाख । पाकिस्तान कृषि प्रधान देश भएपनि गलत निर्णय र ढिलासुस्तीका कारण खाद्यान्न (गहुँ र गहँुजन्य) सामानको अभाव भएको भन्दै आवश्यकता अनुसार आयात गर्न पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले पंजाब सरकारलाई आग्रह गरेका छन् । गहुँ खरिदमा वृद्धि गर्न निर्देशन दिँदै उहाँले कृषिमा आधारित मुलुकमा गहुँ आयात गर्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण हो यद्यपि खाद्यान्न अभाव हुन नदिन आवश्यक परेमा खाद्य सुरक्षा अधिकारीहरूलाई गहुँ विदेशबाट आयात गर्न उनले आग्रह गरेका छन् । द नेशनले रिपोर्ट गरे अनुसार शुक्रबारको दिन इस्लामाबादमा गहुँ उत्पादन, भण्डारण र प्रान्तीय तथा राष्ट्रिय स्तरमा यसको खपतबारे उच्च स्तरीय बैठकको अध्यक्षता गर्दै यी निर्देशनहरू दिएका हुन् । पाकिस्तानबाट अवैधरूपमा गहुँ अन्यत्र गएको तर स्वदेशमा अभाव देखिएको भन्ने भनाइहरूले व्यापारीहरूले गहुँको तस्करी गरी स्वदेशमा अभावको अवस्था सिर्जना गरेको भन्दै यस्ता धन्दा तत्काल रोक्न पनि निर्देशन दिएका छन् । प्रधानमन्त्री सरिफले गहुँ भण्डारण गर्न उत्पादन नीतिलाई प्रभाबकारी बनाउनसमेत निर्देशन दिए । पाकिस्तानमा गहुँको समर्थन मूल्य घोषणा गर्न ढिलाइ गर्दा पनि होर्डरहरूलाई प्रत्यक्ष लाभ पुग्ने कारण गहुँबालीमा कमी आएको किसान अगुवाहरू बताउँछन् । प्रधानमन्त्री सरिफले राम्रो रणनीतिका माध्यमबाट पाकिस्तानलाई गहुँ उत्पादनमा आत्मनिर्भर बनाउने संकल्प व्यक्त गरे । यस बर्ष गहुँ उत्पादन २८.८९ मिलियन टनको लक्ष्यविरुद्ध २६.१७३ मिलियन टन हुने अनुमान गरिएको छ । अनुमानित खपत लगभग ३०.७९ मिलियन टन हुने द नेशनले रिपोर्ट गरेको छ । सरकारी स्तरमा गहुँखरि खरिद लक्ष्यका सन्दर्भमा पञ्जाबले ९१.६६ प्रतिशत खरिद लक्ष्य, सिन्ध ४९.६८ प्रतिशत, बालोचिस्तान १५.२९ प्रतिशत हासिल गरेको बताइएको थियो भने पाकिस्तान कृषि आपूर्ति तथा भण्डारण निगम (पास्को) ले शतप्रतिशत लक्ष्य हासिल गरेको छ ।– रासस/एएनआई