सोसल मिडिया
Contact Us
युनिकोड
युक्रेन (कीभ), २४ वैशाख । जारी रुस–युक्रेन युद्धबाट घेरामा परेको शहर मारिउपोलमा रहेको एजोभस्टाल प्लान्टबाट ५० नागरिकलाई बाहिर निकालिको युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शुक्रबार बताएका छन् । “उद्धारकार्य अत्यन्त सुस्त थियो । यद्यपि, आज हामीले आजोभस्टलबाट ५० जना महिला, बालबालिका र वृद्धवृद्धालाई मुक्त गर्न सफल भयौँ,” भेरेश्चुकले फेसबुकमा लेखेका छन् । उद्धारकार्य शनिबार बिहान जारी रहनेछ । अघिल्लो दिन, युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माकले युक्रेनले मारियुपोलबाट करिब ५०० नागरिकलाई बाहिर निकालेको बताएका थिए । पूर्वीयुक्रेनको प्रमुख अजोभ समुद्री बन्दरगाह शहर मारिउपोलले रुस–युक्रेन द्वन्द्वमा सबैभन्दा खराब हिंसा देखिएको छ ।–एएनआई/सिन्ह्वा