बास्केटबल : क्वेस्ट सेमिफाइनलमा

शनिबार, वैशाख २४, २०७९
Global Ime Bank

काठमाडौं, २४ वैशाख । आयोजक क्वेस्ट इन्टरनेसनल कलेज पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेको छ ।

ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले शुभश्रीलाई ५९–१७ ले सहजै पराजित गर्दै समूह ‘ए’ को उपविजेता बन्यो । क्वेस्टका गाल्साङ लामाले १६ अंक जोडे ।समूह ‘ए’ बाट गोल्डेनगेट इन्टरनेसनल कलेज विजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । गोल्डेनगेटले मल्पीलाई ५६–२७ ले हरायो । गोल्डेनगेटका आशुतोष उप्रेतीले १० स्कोर गरे ।

ब्वाइजमै नाथमले सायमलाई ५४–१२ ले पाखा लगायो । नाथमको जितमा अनुप मोक्तानले १८ अंक योगदान गरे । जितसँगै नाथम समूह ‘बी’ को उपविजेताका हैसियतले सेमिफाइनलमा पुगेको छ । यो समूहबाट जेभियर इन्टरनेसनल कलेज यसअघि नै विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । सेमिफाइनलमा जेभियरको भेट आयोजक क्वेस्टसँग हुने छ । अर्को सेमिफाइनल गोल्डेनगेट र नाथमबीच हुने छ ।

गल्र्सको राउन्ड रोविन लिगमा नाथम शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो । नाथमले मल्पीमाथि ३१–४ को सहज जित दर्ता गर्‍यो । नाथमकी झरना वज्राचार्यले ९ स्कोर गरिन् । उपाधिका लागि नाथमले शुभश्रीविरुद्ध खेल्ने  छ ।

 


 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार